काठमाडौं । आन्दोलनका क्रममा देशभर विभिन्न स्थानमा तोडफोड तथा आगजनी बढेपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले अनिश्चितकालीन रूपमा यातायात बन्द गर्ने घोषणा गरेको छ।
महासंघले मंगलबार विज्ञप्ति जारी गर्दै शान्ति–सुरक्षाको प्रत्याभूति नभएसम्म यातायात सेवा सञ्चालन नगर्ने स्पष्ट पारेको छ।
भदौ २३ गते जेनजी समूहले गरेको प्रदर्शनमा १९ जनाको मृत्यु भएको र त्यसपछिको करफ्यूका कारण जनजीवन प्रभावित भएको परिस्थितिलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको महासंघले जनाएको छ।
यस्तै, महासंघले आफ्नो मातहतका सम्पूर्ण सदस्य संघ, समिति, कम्पनी तथा प्रालिलाई आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचारमा सहयोग गर्न आग्रह गरेको छ।