रुस-युक्रेन युद्ध रोक्नेतर्फ केही महिनादेखि प्रयत्नरत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्दैंछन्।

युद्ध रोक्न पहलरत ट्रम्पको यो नयाँ कदम हो। युद्ध रोक्ने पहलतर्फ ट्रम्पको यो नयाँ कदम हो। युद्धविरामका निम्ति सहमत हुन वा व्यापक प्रतिबन्धको सामना गर्न रुसलाई दिइएको समयसीमाको अन्तिम दिनमा ‘शिखर बैठक’ हुन लागेको हो।

ट्रम्पको चाहनामा रुस र युक्रेनबीच यसअघि तीन चरणमा भएको कुराकानीले दुवै पक्षलाई शान्तिको नजिक ल्याउन सकेको छैन। गत जनवरीमा ह्वाइट हाउस छिर्दा छिनु अगावै ट्रम्पले रुस-युक्रेन युद्ध अन्त्य गर्ने प्रतिबद्धता जनाएका थिए। राष्ट्रपति बनेको २४ घण्टा नबित्दै उनले युद्ध समाप्त गरिदिने बताएका थिए।

तर, त्यसयता उनको प्रशासन दुई देशबिचको युद्ध विराम रोक्न पूरै  कोसिस गरेपनि खासै सफलता हात परेको छैन। प्रारम्भिक कुराकानीहरूले केही आशा जगाए पनि विस्तारै त्यो धमिलिँदै गएको देखिन्छ।

गत महिना बीबीसीसँगको कुराकानीमा ट्रम्पले पुटिनले आफूलाई निराश पारेको स्वीकारेका थिए।ट्रम्पले पुटिनलाई युद्धविरामका निम्ति तत्काल सहमत हुन वा गम्भीर अमेरिकी प्रतिबन्धहरूको सामना गर्न शुक्रबारसम्मको समय दिएपछि निराशा झनै चुलियो हो।

पुटिन र ट्रम्पबाहेक आजको शीर्ष बैठकमा अरू को-को सामेल हुन सक्छन् भन्ने अहिलेसम्म स्पष्ट छैन। अमेरिकी सञ्चारमाध्यमहरूमा प्रकाशित समाचार अनुसार आजको बैठक सफल भएमा ट्रम्प, पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबिच अर्को बैठक हुनसक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *