आइसिसी टी-२० विश्वकपमा आज नेपालले दोस्रो खेलमा इटालीसँग प्रतिस्पर्धा गर्दै छ।

मुम्बईको वानखेडे रंगशालामा दिउँसो सवा ३ बजे नेपाल र इटालीबिचको खेल हुनेछ।

दुवै देशले प्रतियोगिताको दोस्रो खेल खेल्न लागेको हो।

पहिलो खेलमा नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित भएको थियो। इटाली स्कटल्याण्डसँग ७३ रनले पराजित भएको थियो।

समूह ‘सी’ को समीकरणका लागि यो खेल निर्णायक हुनेछ। दुवै टोली आफ्नो पहिलो खेलमा पराजित भएकाले सुपर-८ मा पुग्न यो खेल जित्नैपर्ने दबाबमा छन्। अर्को एउटा हारले विश्वकपको यात्रा लगभग समाप्त पार्न सक्ने भएकाले यो खेल दुवैका लागि ‘गर या मर’ को अवस्था छ।

मुम्बईको वानखेडे रंगशालामा नेपाल र इंग्ल्यान्डबीचको पहिलो खेल हाइस्कोरिङ रह्यो। नेपालले वानखेडेमा खेल खेलिसकेकाले यहाँको पिच र कन्डिसनको राम्रो अनुभव बटुलिसकेको छ। यसविषयमा कप्तान रोहितकुमार पौडेलले पनि नेपालका लागि मुम्बईमा खेल्नु फाइदा भएको बताएका थिए।

इटाली कोलकाताको इडेन गार्डेनबाट मुम्बई आएको छ। अझ इटालीले अभ्यास सत्र वानखेडेमा नभई डिवाइ पाटिल रंगशालामा गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *