दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को अक्सनमा आदिल अन्सरीलाई किन्न सबै टोलीले बोली लगाएका छन् ।
उनलाई किन्न सबैले अधिकतम मूल्य १५ लाखमा किन्न सबैले इच्छा जनाएका हुन् ।
जसका कारण गोलाप्रथाबाट टोली छनोट गरिएको हो । गोलप्रथाबाट अन्सरी काठमाडौं गोर्खाजमा पुगेका हुन् ।
नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका सबैको रोजाइमा परेका मोहम्मद आदील अन्सारीलाई काठमाडौं गोर्खाजले ‘लक्की ड्र’ बाट पाएको ।
शनिबार ललितपुरस्थित रोयल टुलिपमा सुरु भएको अक्सनमा ‘ए’ क्याटागोरीका आदीललाई प्रतियोगिताका आठ वटै टिमले उच्चतम मुल्य १५ लाखसम्म बोली लगाएका थिए ।
जसमा काठमाडौं भाग्यशाली बनेको हो । योसँगै आदील जारी अक्सनमा आठ वटै टिमले बोली लगाउने पहिलो खेलाडीसमेत बने ।
आदीलले यसअघि विं.स २०७९ मा आयोजित नेपाल टी–२० खेलेका थिए । तर, उक्त प्रतियोगितामा स्पट फिक्सिङको मुद्धा खेपेपछि उनी नेपाल क्रिकेट संघ (क्यान) बाट निलम्बनमा परेका थिए । तर, अदातलबाट सफाई पाएपछि उनलाई क्यानले पनि निलम्बन फुकुवा गरेको थियो ।
