काठमाडौँ । टिकटकर तथा कलाकार आँचल नाथको निधन भएको छ। बिहीबार राति आफ्नै डेरामा जलेको अवस्थामा भेटिएकी उनलाई गम्भीर अवस्थामा उद्धार गरी सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा भर्ना गरिएको थियो। तर शनिबार बिहान करिब ९:३५ बजे चिकित्सकले मृत घोषित गरेका हुन्।

कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीकी २२ वर्षीया नाथ पछिल्लो समय काठमाडौँमा डेरा बस्दै आएकी थिइन्। उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको प्रहरीले जनाएको छ।

यसैबीच, मृतकका आफन्तले पेट्रोल छर्की जलाइएको दाबी गर्दै जिल्ला प्रहरी परिसर काठमाडौँमा उजुरी दर्ता गराएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको परिसर प्रमुख एसएसपी रमेश थापाले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *