नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा सचिन भट्टले जनकपुर बोल्ट्सबाट खेल्ने भएका छन् ।

दोस्रो संस्करणका लागि शनिबार काठमाडौंमा गरिएको मिनी अक्सन (खेलाडी खरिद–बिक्री प्रक्रिया) मा उनलाई जनकपुरले खरिद गरेको हो । उनका लागि क्लबले दुई लाख रुपैयाँ खर्चियो । उनी ‘सी’ श्रेणीमा रहेका थिए ।
अक्सनमा सहभागी क्लब जनकपुर बोल्ट्स (साबिक विजेता), काठमाडौं गुर्खाज, कर्णाली याक्स, चितवन राइनोज, सुदूरपश्चिम रोयल्स (साबिक उप­–विजेता), लुम्बिनी लायन्स, विराटनगर किङ्स र पोखरा एभेन्जर्स हु

श्रेणी ‘ए’ मा रहेका खेलाडीहरूको न्यूनतम् मूल्य १० लाख र अधिकतम मूल्य १५ लाख रुपैयाँ तोकिएको छ ।

‘बी’ श्रेणीमा रहेका खेलाडी न्यूनतम् मूल्य पाँच लाख र अधिकतम मूल्य १० लाख रुपैयाँ तोकिएको छ ।

श्रेणी ‘सी’ मा रहेका खेलाडीको लागि न्यूनतम् मूल्य दुई लाख र अधिकतम मूल्य पाँच लाख रुपैयाँ निर्धारण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *