कार्तिक १५ कंचनपुर ।कञ्चनपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शनिबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तरगत कृष्णपुर नगरपालिका-२ को वाणीमा ना७ख ६१८२ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा कृष्णपुर–बण्डका करिब ४२ वर्षीय बलबहादुर बोहराको घाइते अवस्थामा उद्धार गरी वाणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसमा  जम्मा पाँच जना सवार थिए। दुर्घटनापछि फरार भएका बस चालक वेदकोट नगरपालिका–३ दैजीका ४६ वर्षीय रमेश बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *