शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा सिफारिस भएका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले बधाईका लागि फोन नगर्न अनुरोध गरेका छन् ।

मन्त्रीको सपथ लिनुअघि पुनले आफूलाई बधाईका लागि फोन नगर्न र खादा–माला नल्याउन अनुरोध गरेका हुन् । उनले बधाईको साटो शिक्षा क्षेत्र सुधारका लागि केही योजना भए ह्वाट्सएपमा पठाउन भनेका छन् ।

उनले भनेका छन्, ‘मेरो पहिलो घोषणा कसैले पनि लौ बधाई छ भनेर फोन नगर्नुहोला र बधाई दिन खादा माला लिएर नआउनुहोला । बरु शिक्षा विज्ञान र प्रविधिको क्षेत्रमा ५ महिना भित्र गर्न सकिने र गर्नै पर्ने ठोस काम र आइडिया छ भने मेरो ह्वाट्सएपमा पठाउनुहोला । मलाई कसैले पनि मन्त्री नभन्नु होला कसैलाई मन्त्री नै भन्न साह्रै रहर छ भने कवाडी वैज्ञानिक मन्त्री भन्नुहोला ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *