काठमाडौँ माघ ४। नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत पुगेको छ ।  विशेष महाधिवेशन गरेर गगन थापाको नेतृत्वमा नयाँ नेतृत्व चयन भएपछि त्यसको वैधानिकतामाथि प्रश्न उठाउँदै देउवा समूह बदरको माग गर्दै सर्वोच्च अदालत पुगेको हो ।

नेता पूर्णबहादुर खड्काको नेतृत्वमा रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेको अधिवक्ता लक्ष्मी दाहाल रावलले जानकारी दिइन् । उनका अनुसार रिट निवेदन दर्ता हुने प्रक्रियामा रहेको छ । 

उनका अनुसार विशेष महाधिवेशन पक्षधरले विधि विधान विपरीत महाधिवेशन बोलाएर नयाँ कार्यसमिति चयन गरेकाले उक्त महाधिवेशन अवैधानिक करार गर्न माग गरिएको छ ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्का, विमलेन्द्र निधिलगायतका नेताहरु आयोगको निर्णयविरुद्ध अन्तरिम आदेश माग्दै सर्वोच्च पुगेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *