गुगलले गत शुक्रबारबाट नेपालमा पनि स्ट्रिट भ्यु फिचर सुरु गरेको छ। 

यससँगै संसारको जुनसुकै कुनाबाट पनि गुगल म्याप प्रयोग गरेर नेपालको कुनै पनि स्थान कस्तो छ भनेर हेर्न सकिने छ। 

अहिलेकै समयको तस्बिर नभएर केही समयअघिका तस्बिर  देखा पर्नेछ। 

कसरी हेर्न सकिन्छ त?

डेस्कटप वा मोबाइलमा पहिले गुगल म्याप्स खोल्नुहोस्। म्याप खोलिएपछि दायाँतर्फ तल पहेँलो रंगमा मान्छे आकृति (पेगम्यन) को संकेत देखिनेछ। 

त्यसलाई क्लिक गरेपछि तस्बिर हेर्न मिल्ने स्थानका बाटो क्षेत्रमा निलो रंगले संकेत गरिएको देखिन्छ। अब आफुले हेर्न चाहेको नेपालको कुनै स्थानको बाटोलाई निलो रंगले संकेत गरेको छ छैन हेर्नुहोस्। 

निलो रंगले देखाएमा त्यँहा क्लि वा डबल ट्याप गरेर हेर्न सकिन्छ। सो स्थानको तस्बिर देखापरेपछि त्यसलाई ३६० डिग्रीसम्म घुमाएर वरीपरिको स्थान समेत तस्बिरमा हेर्न सकिन्छ।

स्थानको तस्बिर भने केही समय अघिको मात्रै भेटिनेछ। गुगलले नेपालमा सामान्यतया स्थान सम्बन्धी तस्बिर एक वर्षमा फेर्ने गरेको देखिन्छ। 

पेग म्यानको संकेतलाई क्लिक गरेर आफुले हेर्न चाहेको क्षेत्रमा माउसको सहायताले तानेर लगेर राखिदिएमा पनि सो स्थानको तस्बिर देखाउँने छ। 

स्ट्रिट भ्युले नक्सामा दृश्यात्मक तह थप्छ जसले बाटो पत्ता लगाउन, यात्राको योजना बनाउन सहयोग पुग्छ। पर्यटन, संस्कृति तथा स्थानीय व्यवसाय प्रवर्द्धनका भिडिओ बनाउन थप सहज हुने भएको छ। 

यसअघिसम्म नेपालका केही मुख्य क्षेत्र सगरमाथा र खुम्बु क्षेत्रमा मात्रै यस्ता तस्बिर हेर्ने सुविधा थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *