काठमाडौं । नेकपा एमालेका अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तो सुकै अप्ठेरो परिस्थितिमा पनि देश र जनताको पक्षमा काम गर्नुपर्ने बताएका छन्।

बुधबार नेकपा एमाले स्थानीय विकास विभागको आयोजनामा च्यासलमा भएको स्थानीय तहका जनप्रतिनिधिको भूमिको विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै ओलीले शान्ति सुरक्षा र सुशासनको पक्षमा जस्तो सुकै जटिल परिस्थितिको सामना गरेर पनि जनप्रतिनिधिले काम गर्नै पर्ने बताए ।

’अरूले के गर्छन् त्यो अलग कुरा भयो, तर हामीले स्वच्छ ढङ्गले काम गर्नुपर्छ, जनतालाई छिटो, छरितो र बिना भेदभाव सेवा सुविधा दिनु पर्छ‘, उनले भने । उनले अहिलेको सरकार हा हु कै सरकार भएको दोहो¥याए । विगतमा मुखिया छान्दा पनि गाउँले बसेर छान्ने गरेका बताउँदै अहिले मुखिया मुखिनी कहाँबाट आए भन्ने समेत थाहा नभएको जानकारि दिए ।

‘अहिले केही क्षणलाई मुसाले बिरालो तर्साए जस्तो भएको छ, एमालेलाई ५०÷६० जनाले तर्साउन खोज्दै छन्, आगो त निर्बाध छाडिदिए पछि ५०÷६० जनाले सिंहदरबार नै जलाए नि’, उनले भने।

अहिलेको सकार कसले बनायो भन्ने थाहा नभएको उनले बताए । उनले सरकारको टेक्ने र झुण्डिने ठाउँ नभएको पनि सुनाए । ‘तै पनि जनताले अत्यधिक बहुमतले छाने जस्तो धाक–धम्की छ’, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *