अस्ट्रेलियामा जारी टप एण्ड टी– २० सिरिजमा नेपालले आज
आफ्नो दोस्रो खेलमा नेपालले शनिबार बंगलादेश एको सामना गर्दैछ । खेल नेपाली समयअनुसार दिउँसो ३ : १५ बजेदेखि डार्विनको मरारा क्रिकेट ग्राउन्ड २ मा हुनेछ ।
नेपालले आफ्नो पहिलो खेल हिजो शुक्रबार एनटी नर्दन टेरिटोरी (एनटी) स्ट्राइकसँग खेलेको थियो । जसमा नेपाल ४२ रनले पराजित भएको थियो ।
यस सिरिजमा विभिन्न ११ टोलीको सहभागिता रहेको छ । सिरिजमा सहभागी रहने अन्तर्राष्ट्रिय टोलीमा नेपालको राष्ट्रिय टोली, पाकिस्तान ‘ए’, बङ्गलादेश ‘ए’ र अमेरिकाको माइनर लिग विजेता सिकागो किंग्सम्यान छन् ।
त्यसैगरी, सिरिजमा अस्ट्रेलियाका बिगबास लिग (बीबीएल) को हर्बट हरिकेन्स, पर्थ स्कोर्चर्स, एडिलेड स्ट्राइकर, मेलबर्न स्टार तथा मेलबर्न रेनेगड्सका टोलीका एकेडेमी टोलीलगायतको सहभागिता रहनेछ । नेपालले समूह चरणमा ६ खेल खेल्नेछ ।
लिग चरणको शीर्ष चार रहने टोलीका बीचमा सेमिफाइनल भिडन्त हुनेछ । नेपालले तेस्रो खेल अगस्त १८ तारिखमा मेलबर्न स्टार्सविरुद्ध खेल्ने छ भने चौथो खेल अगस्त १९
नेपालले विश्वकप छनोटको तयारीका लागि सो सिरिज खेलिरहेको हो । खेलको लाइभ भिडियो कान्तिपुर म्याक्समार्फत हेर्न सकिन्छ ।