टी–२० विश्वकप क्रिकेटमा नेपालले इंग्ल्यान्डविरुद्ध पहिले बलिङ गर्ने भएको छ । इंग्ल्यान्डले टस जितेर ब्याटिङ रोजेपछि नेपाल फिल्डिङमा उत्रिने भएको हो ।
नेपाल र दुईपटकको विश्वविजेता इंग्ल्याण्डबीचको खेल मुम्बईस्थित वानखेडे स्टेडियममा भैरहेको छ ।
स्पीनर शेर मल्लले टी-२० विश्वकप क्रिकेटबाटै नेपालको सिनियर राष्ट्रिय टिममा डेब्यू गरेका छन् । इंग्ल्यान्डविरुद्धको खेलको पहिलो रोजाइमा पर्दै शेरले डेब्यूको अवसर पाएका हुन् । शेरसहित आरिफ शेख, लोकेश बम र नन्दन यादवले पहिलोपटक टी-२० विश्वकप खेल्दैछन् ।
सन् २०१० मा पहिलोपटक टी–२० विश्वकपको उपाधि जितेको इंग्ल्यान्डले सन् २०२२ मा दोस्रोपटक उपाधि जितेको थियो ।
सन् २०१४ मा पहिलोपटक टी–२० विश्वकप खेलेको नेपालले त्यसको १० वर्षपछि सन् २०२४ मा नेपालले दोस्रोपटक टी–२० विश्वकप खेलेको थियो । यसपटक नेपाली टोली एसिया–प्रशान्त क्षेत्रको छनोट प्रतियोगितामा पहिलो हुँदै विश्वकपमा स्थान पक्का गरेको हो ।
नेपालले आफ्नो दोस्रो खेल फेब्रुअरी १२ तारिखमा इटालीसँग खेल्नेछ । नेपाल र इटालीबीचको खेल पनि मुम्बईको वानखेडे स्टेडियममै दिउँसो सवा ३ बजे शुरू हुनेछ । इटाली युरोपेली क्षेत्रको छनोट प्रतियोगितामा अब्बल प्रदर्शन गर्दै विश्वकपमा छनोट भएको हो ।
यसैगरी, नेपालले आफ्नो तेस्रो खेल फेब्रुअरी १५ तारिखमा बलियो प्रतिद्वन्द्वी वेस्ट इन्डिजसँग खेल्नेछ । नेपाल र वेस्ट इन्डिजबीचको खेल पनि मुम्बईको वानखेडे स्टेडियममै बिहान सवा ११ बजे शुरू हुनेछ । वेस्ट इन्डिज पनि टी–२० विश्वकपको दुईपटकको विजेता हो । सन् २०१२ मा पहिलोपटक उपाधि जितेको क्यारेबियन टोलीले सन् २०१६ मा दोस्रोपटक उपाधि चुमेको थियो ।
समूहगत चरणको अन्तिम खेल नेपालले फेब्रुअरी १७ तारिखमा स्कटल्यान्डसँग खेल्नेछ । नेपाल र स्कटल्यान्डबीचको खेल पनि मुम्बईको वानखेड स्टेडियममै साँझ सवा ७ बजे शुरू हुनेछ ।
यस्तो छ प्लेइङ ११
