काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी र लुटपाटका कारण क्षति पुगेको सर्वोच्च अदालतले आइतबारदेखि सेवा दिन थालेको छ। भवन प्रयोग गर्न नसक्ने अवस्था आएपछि अदालतले आफ्नै परिसरमा टेन्ट टाँगेर कर्मचारीमार्फत सेवा सञ्चालन गरेको हो।

आन्दोलनका क्रममा प्रदर्शनकारीले सर्वोच्चको भवनमा आगजनी गर्दा भौतिक संरचना मात्र नभई थुप्रै महत्वपूर्ण कागजात पनि नष्ट भएका छन्।

प्रधानमन्त्री सुशीला कार्कीले सरकारी कागजात र भवन जलाउने अपराधीलाई “नेपाली कसरी भन्न सकिन्छ” भन्दै तीव्र प्रतिक्रिया दिएकी छिन्। उनले सरकारी सम्पत्तिमा क्षति पुर्‍याउनेलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता समेत व्यक्त गरेकी छिन्।

तस्वीरहरू : नेपाल फोटो लाइब्रेरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *