एजेन्सी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वरिष्ठ अधिकारीहरूको उच्चस्तरीय बैठक अलास्कामा सुरु भएको छ।
रुस–युक्रेन युद्धलगायतका महत्त्वपूर्ण विषयमा केन्द्रित यो बैठक विश्वका दृष्टिकोणबाट निकै महत्त्वपूर्ण बनेको छ। ट्रम्पको दोस्रो कार्यकालमा दुई नेताबिचको यो पहिलो प्रत्यक्ष भेट पनि हो।
बैठकमा ट्रम्पसँगै अमेरिकी विदेश मन्त्री मार्को रुबियो र विशेष दूत स्टिभ विटकफ सहभागी छन् भने पुटिनसँग रुसी विदेश मन्त्री सर्गेई लाभ्रोव र सहायक युरी उशाकोव रहेका छन्।
यसअघि ट्रम्पले रुस–युक्रेन युद्ध रोक्नको लागि रुस तयार नभए रुसले ‘गम्भीर परिणाम’ भोग्नु पर्ने चेतावनी दिएका थिए। दुवै नेताबिचको वार्ताले के परिणाम ल्याउँछ भन्ने चासोको विषय बनेको छ।