डडेल्धुरामा जीप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ।

डडेल्धुराको नवदुर्गा गाउँपालिका वडा नं ५ को उकल्ली काणे भन्ने स्थानमा चामाबाट डडेल्धुरातर्फ गइरहेको से १ ज ७३८ नम्बरको जिप आज बिहान ९ बजेको समयमा दुर्घटना हुदा ४ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा नवदुर्गा गाउँपालिका ५ का सुरेस साउद, सोही वडाका २३ वर्षीय सुरेस पार्की, ४० वर्षीया तारा अवस्थी र  ७२ वर्षीया कलावती साउद रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक डम्बर बिष्टले जानकारी दिए । दुर्घटनाग्रस्त जीपमा चालकसहित १० जना सवार थिए।

जिप दुर्घटनामा ६ जना घाइते भएका छन् ।  घाइते हुनेमा नवदुर्गा-५ की १८ वर्षीया सुसिला विक,सोही वडाकी ४ वर्षीया बालिका प्रतिका पार्की, ४८ वर्षीय चन्दबहादुर साउद, चालक ३५ वर्षीय रामबहादुर साउद, ४२ वर्षीय गणेशबहादुर साउद, ४४ वर्षीय प्रकाश विक रहेका छन् ।

घाइतेहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिप सडकबाट  करिब ४ सय  मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *