काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ मन्त्रिपरिषद् विस्तार गरेकी छन्। उनले तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेकी हुन्।
स्रोतका अनुसार, ओमप्रकाश अर्यालले गृहसहित कानुन मन्त्रालयको निम्मेवारी सम्हाल्नेछन्।
उर्जामन्त्रीका रूपमा कुलमान घिसिङ रहनेछन्। नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशकसमेत रहेका घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको स्रोतले जानकारी दिएको छ। कुलमानलाई भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी पनि दिएको जनाइएको छ।
त्यस्तै, अर्थमन्त्रीमा रामेश्वर खनालको नाम टुंगो लागेको छ।
उनीहरूको शपथ भने भोलि हुनेछ।