नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थप उपचारको लागि सिंगापुर जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्।
भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको कुटपिटबाट घाइते भएका देउवा दम्पती उपचारको लागि अहिले राति ११ बजेको विमानमा सिंगापुर जान लागेका हुन् ।
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते देउवा दम्पती बूढानीलकण्ठस्थित आफ्नै निवासमा मरणासन्न हुनेगरी कुटिएका थिए । त्यसपछि करिब एक महिना छाउनीस्थित सैनिक अस्पतालमा उपचार गराएका थिए ।
उपचारका क्रममा देउवाको गर्दनमा १२ टाँका लगाइएको कांग्रेसका तत्कालीन उपसभापति अहिलेका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी कार्यसम्पादन समिति बैठकमा जानकारी गराएका थिए । जेनजी आन्दोलनमा कुटपिट भएपछि असोज २८ गते मात्रै देउवा सार्वजनिक रूपमा देखिएका थिए ।