नेपालमा जारी हिंसात्मक घटनाप्रति भारतले गम्भीर चासो जनाएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार नेपालमा भएको हिंसाले आफूलाई अत्यन्तै विचलित बनाएको बताएका छन्।

सामाजिक सञ्जाल एक्स (X) मा पोस्ट गर्दै मोदीले नेपालको हिंसा ‘हृदयविदारक’ भएको उल्लेख गर्दै शान्ति–सुव्यवस्था कायम राख्न सबैलाई अपील गरेका छन्।

मोदीले भनेका छन्, “नेपालमा भएको हिंसा हृदयविदारक छ। धेरै युवाहरूले आफ्नो ज्यान गुमाउनुपरेकोमा मेरो मन अत्यन्तै विचलित छ। नेपालको स्थिरता, शान्ति र समृद्धि अत्यन्त महत्वपूर्ण छ। म नेपालका सबै दाजुभाइ तथा दिदीबहिनीलाई शान्ति सुव्यवस्था कायम राख्न विनम्रतापूर्वक अपील गर्दछु।”

यससँगै उनले आज भारतको मन्त्रिपरिषद्को बैठकमा नेपालको अवस्थाबारे विस्तृत छलफल भएको जानकारीसमेत दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *