
१७ औँ ‘नाडा अटो शो’ को आकर्षका रुपमा रहेको उड्ने कार हेर्न दर्शकहरुको भीड लागेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले १७औँ नाडा अटो शोको आज उद्घाटन गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले वैज्ञानिक खोज, अध्ययनसँगै नयाँ–नयाँ विकास, आविष्कार र प्रगति भएको बताउँदै नेपालले पनि त्यस प्रकारको विकासको सहज उपभोग गर्ने स्थिति बनाउनुपर्नेमा जोड दिए ।

उनले नयाँ ढंगले काम गर्ने युवालाई सरकारले सबै खालको साथ दिने विश्वास दिलाए ।









