अस्ट्रेलिया टुरमा रहेको नेपाली क्रिकेट टोलीले बिहीबार अस्ट्रेलियाको साउथ अस्ट्रेलिया टोलीसँग दुई अभ्यास टी-२० खेल्दै छ ।

पहिलो खेल विहान सवा ५ बजेदेखि तथा दोस्रो खेल विहान सवा ९ बजेदेखि हुनेछ ।

साउथ अस्ट्रेलियाको टोली अस्ट्रेलियन शेफिल्ड शिल्डको च्याम्पियन टोली हो । यस टोलीमा ट्राभिस हेड, एलेक्स क्यारी, स्पेन्सर जोनसोनजस्ता अस्ट्रेलियाका राष्ट्रिय खेलाडीहरू खेल्ने भएपनि भोलिको खेलमा भने उपलब्ध छैनन् ।

यद्यपी डोमेस्टिक क्रिकेटमा खेलेका अनुभवी खेलाडीहरू खेल्न सक्ने सम्भावना छ।

नेपालले यसअघि मंगलबार भएको दुई अभ्यास खेलमा नेपालले अस्ट्रेलियन क्यापिटल टेरिटोरीलाई हराएको थियो ।

नेपालले यसपछि शनिबार साउथ अस्ट्रेलियासँग वान डे म्याच पनि खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *