काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशिला कार्कीको सिफारिशमा प्रतिनिधिसभा विघटन गरेका छन्।

राष्ट्रपति कार्यालयका उपसचिव रुपेशजंग थापा मगरद्वारा हस्ताक्षरित विज्ञप्तिअनुसार प्रतिनिधिसभा विघटन भदौ २७ गते शुक्रबार राति ११ः०० बजेदेखि लागू हुने गरी घोषणा गरिएको छ।

विज्ञप्तिमा नयाँ प्रतिनिधिसभाको निर्वाचन आगामी २०८२ फागुन २१ गते बिहीबारका लागि मिति तोकिएको उल्लेख छ।

सामाजिक सञ्जाल बन्दविरुद्ध भड्किएको जेनजी आन्दोलनले देशको तीनवटै अंगलाई संकटमा पारेपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपरेको थियो।


विसं २०७९ मा गठन भएको प्रतिनिधिसभा  आफ्नो कार्यकाल पूरा नगरी विघटनमा पुगेको हो।

यस्तो छ राष्ट्रपति कार्यालयको विज्ञप्ति

राष्ट्रपति कार्यालयको विज्ञप्ति

Leave a Reply

Your email address will not be published. Required fields are marked *