चीनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेट भएको छ ।
चिनियाँ राष्ट्रपति सी जिङपिङले थियानजिनमा आयोजना गरेको सामूहिक रात्रिभोजमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको हो ।
भेटको तस्बिर मोदीले आफ्नो सामाजिक संजाल फेसबुकमा सार्वजनिक गरेका छन्।
मोदीले फेसबुक र एक्सम उक्त तस्बिर राख्दै ‘तियानजिनमा नेपालका प्रधानमन्त्री केपी ओलीलाई भेट्न पाउँदा खुसी लाग्यो। नेपालसँग भारतको सम्बन्ध गहिरो र विशेष छ।’ भारतीय प्रधानमन्त्री मोदीले नेपाल र भारतबीचको सम्बन्ध विशेष रहेको लेखेका छन्।
यसअघि प्रधानमन्त्री ओलीले शनिबार सी चिनफिङसँग दुईपक्षीय भेटवार्ता गरेका थिए।
पाँच दिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले भोलि (सोमबार) रुसका राष्ट्रपति पुटिनसँग द्विपक्षीय भेटवार्ता हुने
परराषट्र मन्त्रालयका एक उच्च अधिकारीले बताएका छ्न।
