बेइजिङ । शाङ्घाई सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनमा सहभागी हुन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार चीनका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका छन्।

थियानजिनस्थित अतिथि गृहमा भएको भेटमा दुई नेताबीच
आपसी सम्बन्ध मजबुत बनाउने र दुवै देशबीचको साझेदारीलाई अझ सुदृढ पार्ने विषयमा छलफल भएको बताइएको छ।

यसअघि दिउँसो ३:१५ बजे प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलसहित हिमालय एयरलाइन्समार्फत थियानजिन विनहाइ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए। उनलाई चीन सरकारका वरिष्ठ अधिकारी र नेपालका लागि चीनका राजदूत डा. कृष्णप्रसाद ओली तथा चीनका लागि नेपाली राजदूत चेन सोङलगायतले स्वागत गरेका थिए।

तस्बिरहरु :  प्रधानमन्त्रीको सचिवालय

Leave a Reply

Your email address will not be published. Required fields are marked *