काठमाडौँ – नेपाल दूरसञ्चार प्राधिकरण (एनटीआरए) ले फेसबुक, युट्युब लगायत २६ वटा सामाजिक सञ्जाल प्लेटफर्म नेपालमा नचल्ने बनाउन इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई निर्देशन दिएको छ।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले शुक्रबार पत्रकारसँग कुरा गर्दै भने, “हामीले इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई निर्देशन दिइसकेका छौँ, अब तत्काल ती प्लेटफर्महरू निष्कृय हुँदै जानेछन्।”

यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दर्ता नभएका सामाजिक सञ्जाललाई बन्द गराउन प्राधिकरणलाई निर्देशन दिएको थियो। सोही आधारमा प्राधिकरणले सेवा प्रदायक कम्पनीहरूलाई आवश्यक कदम चाल्न आदेश जारी गरेको हो।

सरकारले बन्द गर्न लागेको सामाजिक सञ्जाल प्लेटफर्महरूमा फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, ट्विटर, लिंक्डइन, स्न्यापच्याट, रेडिट, डिस्कर्ड, पिन्टरेस्ट, सिग्नल, थ्रेड्स, विच्याट, कोरा, टम्बलर, क्लबहाउस, मस्तोदोल, रम्बल, मिभी, भीके, लाइन, इमो, जालो र हाम्रो पात्रो समावेश छन्।

प्राधिकरणका अनुसार यी प्लेटफर्महरू नेपालमा दर्ता प्रक्रियामा नआएको र सरकारी नियम तथा निर्देशिकाको पालना नगरेको कारण बन्द गर्न लागिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *