८ असोज, काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्ष पद त्यागेका छन् ।
उनले बुधबार काठमाडौंमा बसेको पार्टी केन्द्रीय समिति बैठकमा पदत्याग गर्ने प्रस्ताव पेस गरेका हुन् । बैठकले केन्द्रीय समिति भंग गरेर फागुनमा विशेष महाधिवेशनमा जाने निर्णय गरेको छ ।