बैतडी माघ १३- रास्वपाका वरिष्ठ नेता बालेन शाह भोलि माघ १४ गते बुधबार बैतडीको पाटन आउने भएका छन् ।

जिल्लाको मुख्य केन्द्र पाटनसहितका विभिन्न स्थानमा कार्यकर्ता भेटघाटको कार्यक्रम रहेको रास्वपा बैतडीले जनाएको छ । बालेन बिषेसगरी पार्टीका नेता कार्यकर्ता र शुभचिन्तकहरूसँग भेटघाट गर्नेछन् ।

कैलालीबाट डोटी , डडेल्धुरा, बैतडी हुँदै बालेन दार्चुला पुग्ने तालिका रहेको छ ।

बालेन आज सुदुरपश्चिमको कैलाली कंचनपुरमा जनसम्पर्क तथा अभिवादन अभियान कार्यक्रमको लागि  नेपालगन्ज हुदै सुदुरपश्चिमको धनगढी आइपुगेका छ्न।

Leave a Reply

Your email address will not be published. Required fields are marked *