बैतडी असोज ११। बैतडीको सुर्नया गाउँपालिका–७ भन्ज्याङमा विद्युतीय सवारी (इभी) दुर्घटना भएको छ।
धनगढीबाट पुर्चौंडी हाटतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०२–००१ ज ६२० नम्बरको गाडी शनिबार दिउँसो जयपृथ्वी राजमार्गअन्तर्गत भञ्ज्याङमा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ। सवारीमा चालकसहित १९ जना सवार थिए।

घाइते हुनेमा पुर्चौंडी नगरपालिका–५ का १५ वर्षीय भुवन साउँद, २८ वर्षीया यशोदा साउँद, ५ वर्षीय कोबित पन्त, २८ वर्षीया पवित्रा पन्त, १९ वर्षीय नरेश बोहरा, २८ वर्षीया वसन्ती अवस्थी र १७ वर्षीय विकास साउँद रहेका छन्।

घाइते सबैलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको छ भने, तीमध्ये ८ जना सकुशल रहेको प्रहरीले जनाएको छ।

इभी चालक, पुर्चौंडी नगरपालिका–५ का महेश बोहरा, फरार रहेका छन् र उनको खोजी कार्य जारी छ। दुर्घटना पछि गाडी सडकबाट करिब २५ मिटर तल खसेको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *