बैतडी, असोज १३। बैतडीमा बसको ठक्करबाट एक महिलाको घटनास्थलमै मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार दशरथचन्द नगरपालिका–१ गुरुखोला विद्यालय गेट नजिक महाकाली यातायातको सुप प्र ०२००१ ख १०१७ नम्बरको बसले ठक्कर दिँदा स्थानीय भागरथी लुहारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका डीएसपी दीपक रायले जानकारी दिनुभयो।

देहिमाण्डौ मेला हेरी घर फर्किँदै गरेकी भागरथीलाई सतबाँजबाट देहिमाण्डौतर्फ जाँदै गरेको बसले ठक्कर दिएको प्रहरीले जनाएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाको विरोधमा स्थानीयहरूले सडक चक्काजाम गरेका छन्। पीडित पक्षसँग छलफल गरी राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

घटनाको विरोधमा मृतकका आफन्त र स्थानीयले राजमार्ग अवरुद्ध गरेका छ्न ।मृतकका आफन्तसंग सहमतिका लागि प्रहरी निरीक्षक बलराम पाण्डेय नेतृत्वको टोली घटनास्थल पुगेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *