बैतडीमा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । बुधबार दिउँसो २ बजे गोठलापानीबाट खोड्पे जाँदै गरेको उग्रतारा यातायातको से १ ज २४५ नम्बरको जीप दशरथचन्द नगरपालिका वडा नम्बर ४ शाहीलेकमा दुर्घटना भएको हो ।

दुर्घटनामा १२ जना घाइते भएका छन् । घाइते सबैको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ । घाइतेहरूमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था सामान्य छ ।

घाइते हुनेहरूमा दशरथचन्द नगरपालिका- ११ ग्वालेकका ५० वर्षिया हरिना जोशी, दशरथचन्द नगरपालिका- ६ का २१ वर्षिय अर्जुन महर गम्भीर घाइते, दशरथचन्द नगरपालिका- ४ का ३४ वर्षिय धिरेन्द्र खत्री, दशरथचन्द नगरपालिका- ४ का २१ वर्षिय लक्ष्मण नाथ, दशरथचन्द नगरपालिका- ६ का २२ वर्षिय भुपेश जोशी, पुर्चौडी नगरपालिका- ४ का ३८ वर्षिया हिरा भट्ट, पुर्चाैँडी नगरपालिका – ५ का १७ वर्षिय रिकेश पार्कि रहेका छन् । यस्तै पुर्चाैडी नगरपालिका- ५ का २८ वर्षिय दिनेश पार्कि (गम्भीर घाइते), पुर्चाैडी नगरपालिका – ४ का २३ वर्षिय जनक भट्ट, पाटन नगरपालिका- ९ का १८ वर्षिय कबिराज भट्ट (गम्भीर घाइते) पाटन नगरपालिका- ९ का २१ वर्षिय जनक भट्ट र पाटन नगरपालिका- ३ का ४२ वर्षिय डम्मर दत्त भट्ट घाइते भएकाे प्रहरी  निरीक्षक बडूले बताउनुभयो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन।

जिप सडकबाट करिब ७० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। जिपमा चालकसहित जम्मा १३ जना सवार थिए।

चालक रोशन भट्टलाई प्रहरीले नियन्त्रणमा लिई दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक बडूले बताए।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *