काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमको युएई भ्रमण भिसा नलागेपछि प्रभावित भएको छ। युएईले नेपालीका लागि भिसा रोक्दा खेलाडीहरूले तय गरिएको तालिकाअनुसार प्रस्थान गर्न नसकेको हुन्।

युएईको शारजहामा वेस्ट इन्डिजविरुद्धको खेल खेल्न जाने कार्यक्रम अन्तर्गत शुक्रबार टिम प्रस्थान गर्ने तालिका रहेको थियो। तर भिसा नलागेपछि यात्रा स्थगित भएको हो। नेपालले सेप्टेम्बर २७ देखि वेस्ट इन्डिजसँग टी–२० सिरिज खेल्ने तय भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार भिसा प्रक्रियामा पहल भइरहेको र सोमबारसम्म खेलाडीलाई युएई पठाउने तयारी भइरहेको छ।

नेपालमा भएको जेनजी आन्दोलनपछि युएईले कुनै औपचारिक सूचना सार्वजनिक नगरी नेपाली नागरिकलाई भिजिट भिसा दिन रोक लगाएको हो। आन्दोलनपछि कैदी भागेका घटना र त्यसबाट उत्पन्न सुरक्षा चुनौतीलाई कारण देखाएर भिसा रोकिएको बताइएको छ। तर यसबारे युएई सरकारले अहिलेसम्म औपचारिक स्पष्टीकरण दिएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *