रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको ललितपुरको नख्खु कारागारमा सारिने भएको छ ।
कारागार व्यवस्थापन विभागले लामिछानेको माग अनुसार नै नख्खु कारागारमा स्थानान्तरणका गर्न रुपन्देही कारागारलाई पत्र लेखेको विभागका महानिर्देशक लीलाप्रसाद शर्माले जानकारी दिए ।
‘लामिछानेको निवेदनअनुसार नै नख्खु कारागारमा सरुवा गर्ने निर्णय गरेर रुपन्देही कारागारलाई पत्राचार लेखेका छौँ,’ महानिर्देशक शर्माले भने, ‘जिल्ला कारागारले सुरक्षा व्यवस्थापन मिलाएर स्थानान्तरण गर्छ ।’