राष्ट्रपति रामचन्द्र पौडेलसँग आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गरेका छन् ।
शीतलनिवासमा भएको भेटमा प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तानमा हालै सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनका बारेमा जानकारी गराएका राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओली यही साउन २० देखि २३ गतेसम्म आयोजित उक्त सम्मेलनमा सहभागी भएका थिए । उनी शुक्रबार (साउन २३) राति स्वदेश फर्किएका हुन् ।
भेटमा समसामयिक अरू विषयमा पनि छलफल गरिएको जनाइएको छ ।
