कैलाली, असोज १०। कैलालीमा रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई युवाको मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका–७ जेपी चोकस्थित सडक किनारमा पार्किङ गरिएकाे सुपप्र ०१–००१ क १६९० नम्बरको ट्रकमा से ५ प ३४१४ नम्बरको मोटरसाइकल ठोक्किँदा चालकसहित दुई जना घाइते भएका थिए।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–१२ का १८ वर्षीय अनिस सिंह (मोटरसाइकल चालक) र पछाडि सवार १९ वर्षीय गणेश कुँवर रहेका छन्।

गम्भीर घाइते दुवैलाई सेती प्रादेशिक अस्पताल पुर्‍याइए पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। शव अस्पतालमै परीक्षणका लागि राखिएको छ।

प्रहरीले ट्रक र चालक चुरे गाउँपालिका–३ का २९ वर्षीय प्रकाश सिंहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *