अष्ट्रेलिया भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टीमले एक दिवसीय अभ्यास खेलमा साउथ अष्ट्रेलियालाई २ विकेटको सानदार जित निकालेको छ ।
शनिबार भएको खेलमा साउथ अस्ट्रेलियाले दिएको २४३ रनको
लक्ष्य पछ्याउँदै नेपाले ५ बल बाँकी छँदै ८ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो।
नेपालका लागि कप्तान रोहित पौडेलले आजिवित उत्कृष्ट शतक प्रहार गरेर रोमाञ्चक जित तर्फ डोर्याए।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको साउथ अस्ट्रेलियाले निर्धारित ४५ ओभरमा २४२ रनमा अलआउट हुँदै नेपाललाई २४३ रनको लक्ष्य दिएको हो ।
नेपालको आगामी विश्वकप छनोटको तयारीका लागि अस्ट्रेलिया टुर महत्वका साथ हेरिएको छ ।