काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच करिब ५० मिनेट भेटवार्ता भएको छ । प्रचण्ड आफै विप्लव भेट्न हरिसिद्धीस्थित विप्लव निवास पुगेका थिए।

प्रचण्डलाई नेकपाका नेता–कार्यकर्ताहरु लामबद्ध भएर स्वागत गरेका थिए । मूल ढोकामा भने विप्लवले स्वागत गरे । आफ्नो कार्यकक्षमा लगेर विप्लवले आफू बस्ने सोफामा प्रचण्डलाई बसाए । प्रचण्डले विप्लव निवासमा पुगेर उत्पादनसँग जोडिएको धान खेतीको अवलोकन गर्दै विप्लवको प्रशंसा गरेका थिए ।

