आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछन् ।
विश्वकप छनोटका लागि निर्णायक मानिएको नेपाल र ओमानको खेल ओमानको अल अमेरत क्रिकेट मैदानमा नेपाली समयअनुसार राति ८ः ४५ बजे सुरु हुनेछ ।
छनोटमा अपराजित रहेका नेपाल र ओमानबीचको यो खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ। खेल नेपाली समयअनुसार राति पौने नौ बजे ओमान क्रिकेट एकेडेमीमा हुनेछ।
सुपर-६ को शीर्ष टोली ओमान र दोस्रो स्थानको नेपाल दुवैको ६-६ अंक छ।
ओमानलाई हराए नेपाल टी- २० विश्वकपमा छनोट हुनेछ । यसअघिको दुई खेलमा नेपालले युएई, कतारलाई पराजित गरेको थियो ।
टोलीले आजको खेल गुमाए पनि विश्वकप छनोटको सम्भावना बाँकी नै रहन्छ। अन्तिम खेल जितेमा विश्वकपम स्थान पक्का हुनेछ। नेपालले अन्तिम खेलमा शुक्रबार सामोआ र ओमानले जापानसँग खेल्नेछन्।
आजको खेल जित तथा अन्तिम खेल पनि आफ्नो पक्षमा पर्ने टोली छनोटको च्याम्पियन हुनेछ। त्यसैले आजको खेलको नतिजाले विश्वकपमा स्थान पक्का मात्र होइन च्याम्पियन बन्ने टोली पनि निर्धारण गर्न सक्नेछ।
सुपर सिक्सका खेलहरू सकिएपछि शीर्ष तीन स्थानमा रहने टोलीहरू सन् २०२६ मा भारत र श्रीलंकामा आयोजना हुने टी–२० विश्वकपका लागि छनोट हुनेछन्। नेपाल टी–२० मा छनाेट हुने अवसरकाे रुपमा आजकाे खेललाई लिइएकाे छ ।
ओमानसँग खेल्नुअघि नै नेपाल टी-२० विश्वकपमा पुग्ने समिकरण
कतारले खेल जितेसँगै नेपाल र ओमानले एकअर्का बीच खेल्नुअघि नै टी-२० विश्वकपमा पुग्ने समिकरण बनेको छ।
कतारले आज जापानमाथि ३ विकेटको जित निकाल्यो। अब अहिले केहीबेरमा युएई र सामोआबीच खेल हुँदैछ। यो खेलमा युएई विजय भएमा नेपाल र ओमान अन्तिम दुई खेलअघि विश्वकपमा पुग्नेछन्।
युएईले खेल जितेको अवस्थामा एक टोलीले मात्र ६ अंक जोड्ने सम्भावना हुन्छ। जसका कारण नेपाल र ओमानले दुई खेलअघि नै विश्वकपमा स्थान बनाउनछन्। यसमा जापान र युएईको खेलले समिकरणमा भूमिका खेल्नेछ। किनभने युएई र जापानले मध्ये एक टोलीले अंक गुमाउने पक्का छ।