टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटको उपाधिका लागि आज नेपाल सामोआसँग खेल्दै छ ।

शुक्रबार ओमानमा जारी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटको उपाधिका लागि ओमानको अल अमेरत क्रिकेट स्टेडियममा नेपाल र सामाओ बीचको खेल नेपाली समयअनुसार दिउँसो ४:१५ मा सुरु हुनेछ। दुई खेल अगावै विश्वकपमा छनोट भएको नेपालले आजको खेल जितेमा पहिलो पटक आइसिसीको प्रतियोगिताको उपाधि जित्नेछ।

दुवै टिमले प्रतियोगिताको आफ्नो अन्तिम खेल खेल्दैछ भने नेपाल अहिलेसम्म अपराजित छ ।

समूह चरणमा जापान र कतारलाई पराजित गर्दै शीर्ष ६ मा पुगेको नेपाल अंक तालिकामा ८ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको युएईको ६ अंक छ । यस्तै ओमानको पनि ६ अंकसहित तेस्रो स्थानमा छ । उसले आज अन्तिम खेल जापानसँग बिहान ११ बजे खेल्दैछ ।

आज नेपालले सामोआलाई पराजित गरेको खण्डमा भने च्याम्पियन बन्नेछ । नेपाल, युएई र ओमानले शीर्ष-३ मा स्थान बनाउँदै टी-२० विश्वकपमा आफ्नो स्थान बनाइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *