काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले नेपालमा विकसित घटनाप्रति चिन्ता व्यक्त गर्दै संयमता अपनाउन आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत उनले हिंसा रोक्न गहन अनुसन्धान, संयम र रचनात्मक बाटो अवलम्बन गर्दै संवाद गर्नुपर्नेमा जोड दिएका छन्।

‘नेपालको अवस्थालाई मैले नजिकबाट नियालिरहेको छु। हिंसा बढ्न नदिन संयमता र संवादमार्फत समाधान खोज्न आवश्यक छ,’ गुटेरसले भनेका छन्।

उनले मानव अधिकार कानुनको पालना गर्दै जीवन र सम्पत्तिको सम्मानसहित शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पनि आह्वान गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *