नेपाली टोली आफ्नो तेस्रो अभ्यास खेलमा साउथ अस्ट्रेलियासँग तीन विकेटले पराजित भएको छ।
टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४६ रन बनाएको थियो।
नेपालले दिएको १४७ रनको लक्ष्य साउथ अस्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै भेट्टाएको थियो ।
जितका लागि १ बलमा ४ रन चाहिएको अवस्थामा अन्तिम बलमा र अस्ट्रेलियाका ब्राउनले चौका प्रहार गर्दै जित दिलाए ।
साउथ अस्ट्रेलियाको लागि विन्टरले ३६ रन र हार्बीले २७ रन बनाए। नेपालका लागि सोम्पाल कामीले ३ विकेट र नन्दन यादवले २ र रोहित पौडेलले १ विकेट लिए।
नेपालले शनिबार साउथ अस्ट्रेलियासँगै एकदिवसीय अभ्यास खेल खेल्नेछ।
यसअघि टस जितेर साउथ अफ्रिकाले फिल्ड रोजेपछि सुरुमा ब्याटिङ गरेका नेपालले पूरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १४६ रन बनाएको थियो ।
नेपालका लागि भीम सार्कीले ३२ बलको सामना गरेर सर्वाधिक ३२ रन बनाए । अलराउन्डर दीपेन्द्रसिंह ऐरीले १९ बलको सामना गरेरर २६ रन जोड्दा आशिफ शेखले १३ बलको सामना गरेर २२ रन बनाए।