चितवन । पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड ४५ घण्टापछि आंशिक रूपमा सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाएपछि अपरान्ह सवा ४ बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको हो।


शुक्रबार बेलुका करिब ६ बजेदेखि तुइन खोलामा गएको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध बनेको थियो। अवरोधका कारण सयौँ सवारी साधन सडकमा नै रोकिएका थिए।

हाल एकतर्फी आवागमन सुरु भए पनि सडक डिभिजन भरतपुरले डोजर र रोलर प्रयोग गरेर बाटो पूर्ण रूपमा खुलाउन प्रयास जारी राखेको जनाएको छ।