दसौँ संस्करणको आइसिसी टी–२० विश्वकप च्याम्पियन बनेको छ उपाधि पनि भारतले जितेको छ । आइतबार राति सम्पन्न फाइनल खेलमा न्यूजिल्याण्डलाई ९६ रनले हराउँदै भारतले तेस्रोपटक विश्वकपक च्याम्पियन बनेको हो । 

भारतले यसअघि सन् २००७ र २०२४ मा टी–२० विश्वकपको उपाधि जितेको थियो । न्यूजिल्याण्डको उपाधि सपना भने यसपालि पनि अधुरै रह्यो । 

फाइनल खेलमा आयोजक भारतले दिएको २५६ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्ड १९ ओभरमा १५९ रनमै अलआउट भयो । उसका लागि ओपनर टिम साइफर्टले २६ बलमा पाँच छक्का र दुई चौकासहित सर्वाधिक ५२ रनको पारी खेले ।

बाँकी ब्याटरले भने अपेक्षाकृत ब्याटिङ गर्न सकेनन् । भारतका लागि जसप्रित बुमराहले चार ओभरमा १५ रन दिएर सर्वाधिक चार विकेट लिए । 

त्यसअघि अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २५५ रन बनायो ।

उसका लागि सञ्जु सामसन, अभिषेक शर्मा र ईशान किशनले अर्धशतकीय पारी खेले । 

यस खेलमा सञ्जुले ४६ बलमा आठ छक्का र पाँच चौकासहित ८९, ईशानले २५ बलमा चार छक्का र चार चौकासहित ५४ तथा अभिषेकले २१ बलमा ६ चौका र तीन छक्काको मद्दतमा ५२ रनको पारी खेलेका हुन् ।

न्यूजिल्याण्डका लागि जिमी नीशमले चार ओभरमा ४६ रन दिएर सर्वाधिक तीन विकेट लिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *