कंचनपुर २८ फागुन । कञ्चनपुरमा जीप र माेटरसाईकल एकआपसमा ठाेक्किदा ज्यान गुमाएका दुई जनाकाे सनाखत भएको छ ।
मृतकमा माेटरसाईकल चालक भीमदत्त नगरपालिका-१ बस्ने ४१ वर्षीय राम लुहार र पछाडि सवार ४३ वर्षीय दान सिंह धामी रहेकाे प्रदेश प्रहरी कार्यालय अत्तरिया प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर जाेराले बताए ।
उनकाअनुसार दुवै मृतक सवार म २ प ३५०६ काे माेटरसाईकललाई पूर्वपश्चिम राजमार्ग अन्तरगत वेदकाेट नगरपालिका-७ काे लालपुरमा से १ च १४०५ काे जीपले ठक्कर दिएकाे थियोे ।
दुवै जनाकाे घटनास्थलमै मृत्यु भएको थियाे । दुवैकाे शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।
जिप चालक पुनर्वास नगरपालिका-११ डाेकेबजार बस्ने २२ वर्षीय सुनिल चाैधरीलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।