कञ्चनपुर, ४ चैत । कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिकामा जग्गासम्बन्धी विवादका कारण एक युवकले आफ्नै आमाको हत्या गरेका छन्। 

दोधारा–चाँदनी–४, माननीय चोकका हरिप्रसाद श्रेष्ठले ७५ वर्षीया आमा बिन्द्रा श्रेष्ठको हत्या गर्नुका साथै धारिलो हतियार प्रहार गरी आफ्नै बहिनीलाई समेत घाइते बनाएका छन्।

कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हेमबहादुर शाहीका अनुसार गए राति भएको उक्त घटनामा अभियुक्तकी आमाको घटनास्थलमै मृत्यु भएको हो। 

दाजुको आक्रमणमा घाइते भएकी भगवती माझीको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। फरार अभियुक्तको खोजी जारी छ। जग्गासम्बन्धी विवाद घटनाको प्रमुख कारण भएको सूचना अधिकारी शाहीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *