बालेन्द्र शाह नेतृत्वकाे सरकारमा डा. स्वर्णीम वाग्ले अर्थमन्त्री बन्ने भएका छन् । रास्वपा सभापति रवि लामिछाेनेकाे निवास बुढानिलकण्ठमा भएकाे नेताहरूबिचकाे छलफलमा वाग्ले अर्थमन्त्री र परराष्ट्रमन्त्रीमा शिशिर खनाल नियुक्त हुने भएका छन् । त्यस्तै खडकराज पाैडेल (गणेश) काे नाम पर्यटन मन्त्रालयमा टुङ्ग्याइएकाे नेताहरूले बताएका छन् । 

त्यस्तै सुधन गुरुङ गृहमन्त्री बन्ने चर्चा भएकाे छ । रास्वपा महामन्त्री कबिन्द्र बुर्लाकाेटीले भने केही बेरअघि गुरुङलाई गृहमन्त्री बनाउने गरी छलफल भइरहेकाे  तर, उनकाे नामले अन्तिम रूप लिइनसकेकाे उनले जानकारी दिए । 

गुरूङ गाेरखा १ बाट निर्वाचित भएका हुन् । 

अन्य मन्त्री बन्नेमा सुनिल लम्साल, साेविता गाैतम, सस्मित पाेखरेल लगायतकाे नाम रहेकाे छ । उनीहरूकाे नाम भने अहिलेसम्म राष्ट्रपति कार्लयमा पुर्याइएकाे छैन । प्रधानमन्त्रीकाे शपथसँगै शाहले मन्त्रीहरूकाे नाम दिने बुझिएकाे छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *