बैतडी, चैत १८।  बैतडीमा डुबेर एक जना बेपत्ता भएका छन्।
बैतडीको पञ्चेश्वर गाउँपालिका-४ बन्ना बस्ने ६४ वर्षीय कृष्ण चन्द हल्दुघाट स्थित महाकाली नदिमा नुहाउने क्रममा बगेर बेपत्ता भएका हुन्। उनको खोजतलास भईरहेको जिल्लाप्रहरी कार्यालय बैतडीले जनाएको छ।

यसैबीच, पञ्चेश्वर गाउँपालिका–१ डुग्रीखान निवासी ५१ वर्षीया विन्दुदेवी साउदको शव सोमबार सोही नदीकिनारमा फेला परेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *