धनगढी चैत १८ । इजरायल, अमेरिका र इरानबीच युद्धले नेपालमा

आयल निगम लिमिटेडले मंगलबार रातिबाट लागू हुने गरी आन्तरिक विमानले प्रयोग गर्ने हवाई इन्धनको भाउ बढायो। प्रतिलिटर एक सय २४ रुपैयाँ बढाएको थियो । मुल्यवृद्धिपछि आन्तरिक हवाइ इन्धनको भाउ प्रतिलिटर २ सय ५१ प्रतिलिटर पुगेको छ। इन्धनको मूल्य बढेसंगै आन्तरिक उडानमा भाडा पनि आकासिएको छ। धनगढी(काठमाडौं(धनगढी रुटमा पनि भाडा आकासिएको छ। वायुसेवा कम्पनीहरुले आजदेखि भाडा बढाएका हुन् ।

यसअघि न्यूनतमा आठ हजार हवाई भाडा रहेकोमा ११ हजार छ सय धनगढी-काठमाडौंको भाडा पुगेको छ । वायुसेवा कम्पनीहरुले न्यूनतम ११ हजार छ सयदेखि २२ हजार १७० हवाइ भाडा निर्धारण गरेका हुन् । इजरायल, अमेरिका र इरानबीच युद्ध सुरु भएपछि नै विश्व बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढ्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *