प्रधानमन्त्री बालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञ पदमा दीपा दाहाल नियुक्त भएकी छिन् ।

प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ बमोजिम उक्त पदमा उनी शुक्रबार नियुक्त भएकी हुन् ।

खोज पत्रकार, लेखक एवं प्राध्यापक दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता र प्राज्ञिक क्षेत्रमा सक्रिय दाहालले आजैदेखि आफ्नो कार्यभार सम्हालेकी छिन् ।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार दाहालले प्रधानमन्त्री शाहको सञ्चार रणनीति, अनुसन्धान र मिडिया व्यवस्थापनमा भूमिका निर्वाह गर्ने छिन् ।

दाहालसँग रेडियो, टेलिभिजन, छापा र अनलाइन गरी पत्रकारिताका सबै विधामा २० वर्षभन्दा बढीको व्यावसायिक अनुभव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *