काठमाडौँ ,चैत २१। प्रहरीले कलाकार सागर लम्साल (बले)लाई बूढानीलकण्ठको कपन, बालुवाखानीबाट पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी रमेश थापाका अनुसार गम्भीर विषयमा उजुरी परेका कारण उनलाई पक्राउ गरिएको हो ।
उनीमाथि कलाकार परिवारकै सदस्यले बलात्कारको आरोप लगाएका थिए ।
अमेरिकामा रहेकी उनले शुक्रबार बलेमाथि अमेरिकामै बलात्कार गरेको बताउँदै फेसबुकमा लेखेकी थिइन् ।