पोष्ट सूची
स्वास्थ्य
“डा. संगीता कौशल मिश्रा स्वास्थ्य मन्त्रीमा नियुक्त”
काठमाडौं । स्वास्थ्य मन्त्रालयकी वरिष्ठ कर्मचारी डा. संगीता कौशल मिश्रालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्त गरिएको छ।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार उनलाई मन्त्री पदमा नियुक्त गरेका हुन्।
मिश्रा लामो समयदेखि स्वास्थ्य प्रशासनमा कार्यरत रहँदै आएकी अनुभवी अधिकारी हुन्। प्रदीप पौडेल स्वास्थ्य मन्त्री हुँदा उनी मन्त्रालयकी अतिरिक्त सचिव थिइन्।
स्वास्थ्य सचिव पदको प्रतिस्पर्धामा रहँदा तत्कालीन सरकारको बढुवा निर्णयमा समावेश हुन नसकेपछि उनले आफूलाई “मधेसी महिला भएकै कारण पदबाट वञ्चित गरिएको” भन्दै सार्वजनिक रूपमा आवाज उठाएकी थिइन्।
अर्थतन्त्र
ताजा समाचार
मध्यपूर्व तनावः ईरानद्वारा यूएईमा गरिएको आक्रमणमा एक नेपालीसहित तीन जनाको मृत्यु
ईरानद्वारा यूएईमा गरिएको आक्रमणमा परी एक नेपालीसहित तीन जनाको मृत्यु भएको छ। आक्रमण सुरु भएको २४ घण्टाभित्रै भएको घटनामा पाकिस्तानी, नेपाली र बंगलादेशी नागरिक गरी तीन जनाको मृत्यु भएको पुष्टि…
इरानी सर्वोच्च नेता खामेनी मारिएको पुष्टि, सार्वजनिक बिदा ७ दिन र ४० दिने शोकको घोषणा
तेहरान । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी इजरायली र अमेरिकी आक्रमणमा मारिएको पुष्टि भएको छ । इरानी राज्य नियन्त्रित सञ्चार माध्यमहरूका अनुसार खामेनीको इजरायली र अमेरिकी आक्रमणमा परी मृत्यु…
सर्वोच्च नेता खामेनीको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमद्वारा पुष्टि
तेहरान । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएको त्यहाँको सरकारी टेलिभिजनले औपचारिक रूपमा पुष्टि गरेको छ। केही समयअघि मात्रै इरानी राज्य नियन्त्रित टेलिभिजनले खामेनी अब यस संसारमा नरहेको…
इरानमाथि अमेरिका र इजरायलकाे हमला इरानभर २०० बढी मारिए, एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु
अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट कम्तीमा १०८ जनाको मृत्यु भएको स्थानीय सरकारी अधिकारीले बताएका छन् । इरानभर भएका हवाई आक्रमणमा भने कम्तीमा २०१ जनाको…
विश्वकपमा आज दुई खेल : जित्नै पर्ने दबाबमा रहेका भारत र जिम्बावेको रोचक भिडन्त
आईसीसी टी-२० विश्वकपको सुपर-८ अन्तर्गत बिहीबार आयोजक भारत र जिम्बावे भिड्दैछन्। यो खेल बुधबार साँझ ७ बजेर १५ मिनेट जाँदा सुरु हुँदैछ। यो खेल भारतको चेन्नईमा हुँदैछ। सुपर-८ अन्तर्गत समूह…

